काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पुँजी बजारमा देखिएकाे समस्या समाधान गर्न सरकारसँग माग गरेकाे छ ।
प्रतिनिधि सभाको आज मङ्गलवारकाे बैठकमा समय माग गरी बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पुँजी बजार सङ्कटपूर्ण अवस्थामा गुज्रिरहेको बताउनुभयो । पुँजी बजार धराशायी हुँदा सिङ्गो अर्थतन्त्रमै गम्भीर असर परेको र लगानी जोखिममा परेको भन्दै उहाँले पुँजी बजारको पुनरुत्थान गर्न सरकारसँग माग गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘लाखौँ व्यक्ति आबद्ध भएको, लाखौँ नेपालीले भरोसा गरेको शे...