गौतमबुद्ध अन्तर्राष्ट्रिय बहुउद्देश्यीय क्रिकेट रंगशाला बनाउने अभियान शुरु गरेको धुर्मुस सुन्तली फाउण्डेसनले मंगलबार रुपन्देहीको सैनामैनामा जग्गा अवलोकन गरेको छ। फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) सहितको टोलीले सैनामैना नगरपालिका वडा नं. ७ लम्टियामा रहेको जग्गाको सम्भावना बारे अध्ययन तथा निरीक्षण गरेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले अबको योजना क्रिकेट मैदान बनाउने रहेको र जग्गाको खोजी…