रघुनाथ घिमिरेमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको प्रियपात्र बनेर निश्चित व्यवसायीको स्वार्थअनुकूल हुने गरी करका दर हेरफेरमा संलग्न रहेको आरोप लागेका भन्सारका पूर्वकर्मचारी रघुनाथ घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । पूर्वनायब सुब्बा घिमिरेविरुद्ध २ करोड १४ लाख ४६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको हो । घिमिरेले सेवामा रहँदा ७ करोड ३९ लाख ६२ हजार ९८४ रुपैयाँ ६७ पैसा खर्च गरेको र उक्त अवधिमा उनको आम्दानी ५ करोड २५ लाख १६ हजार ३ सय २७ रुपैयाँ ४४ पैसा मात्र देखिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ । आम्दानीभन्दा बढी देखिएको सम्पत्तिलाई अख्तियारले गैरकानूनी किटान गरी २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँ २४ पैसा बिगो, त्यति नै जरीवाना र गैरकानूनी सम्पत्तिबाट बढे/बढाइएको चल/अचल सम्पत्ति जफत गर्न मागदाबी गरेको छ । घिमिरे २०५२ कात्तिक २८ गते सरकारी सेवामा प्रवेश गरेका थिए । भन्सार विभागमा कार्यरत रहेकै बेला २०७५ फागुन १ मा उनले राजीनामा दिए । अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धानबाट खुलेबमोजिम आरोपितविरुद्ध बिगो, जरीवाना र गैरकानूनी सम्पत्ति जफत हुने गरी मुद्दा दायर गरिएको बताए । अख्तियारले सम्पत्ति रोक्का र बिगो जरीवाना असुलीका लागि उनकी श्रीमती शारदा गौतमलाई पनि प्रतिवादी बनाएको छ । अर्घाखाँची स्थायी ठेगाना भएका गौतम अहिले कलंकीमा बस्दै आएका छन् । उनकी श्रीमती शारदा भन्सार एजेन्ट रहेको खुलेको छ । घिमिरेमाथि बजेट भाषणको अघिल्लो रात (२०७९ जेठ १४ गते) अर्थ मन्त्रालय पुगेर निश्चित व्यावसायिक घरानाको स्वार्थमा हुने गरी करका दर हेरफेर गरेको आरोप लागेको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७८ भदौमा पूरक बजेट ल्याउँदा पनि निश्चित व्यवसायीको स्वार्थअनुकूल हुने गरी करका दर हेरफेर गर्न घिमिरेलाई प्रयोग गरेको आरोप लागेको थियो । शर्माले दुवै आरोप अस्वीकार गरेका छन् ।

सम्बन्धित सामग्री

गाउँपालिकाका पूर्वअध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीको मर्चवारी गाउँपालिकाका पूर्व अध्यक्ष केशवनन्द बानियाँविरुद्ध करिब १ करोड रूपैयाँ बिगो कायम गर्दै बिहीबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।...

‘प्रोफेसर’ लेखेपछि दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ओहोदा पद नपाउँदै ‘प्रोफेसर’ लेखेको भनी दुई जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।...

जनप्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएका चार जना जनप्रतिनिधिलाई निलम्बन गर्न सिफारिस गरेको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका चार जनप्रतिनिधिलाई निलम्बन गर्न सिफारिस गरेको आयोगका प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार कैलालीको मोहन्याल गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष देवीदत्त उपाध्यायले सार्वजनिक सम्पत्ति हानिनोक्सानी […] The post जनप्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक.

गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधिविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउपाँलिकाका स्वर्गीय अध्यक्ष नवलसिंह रावल, उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष पूजादेवी बुढा मगर, वडाअध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत लगायतविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको हो । अख्तियारले जनप्रतिनिधिहरूसहित १४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । कैलाली भएर बग्ने पथ्थरगढ, […]

अर्थका पूर्वअधिकृतलाई भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका पूर्वशाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।...

असईविरुद्ध एक करोडकाे भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी पेट्रोल पम्पमा भ्रष्टाचार भएको ठहर गर्दै प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । प्रहरी कल्याण कोषद्वारा सञ्चालित पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) दिलिप कार्कीविरुद्ध १ करोडभन्दा बढी बिगो कायम गरी आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा १ […]

बाराका पूर्वगाविस सचिवविरूद्ध भ्रष्टाचार मुद्दा

बारा जिल्ला साविक अमलेखगञ्ज गाविसका तत्कालीन सचिव विजयकान्त झाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

फार्मेसी अधिकृत सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि विभाग शाखा कार्यालय विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुवेदीले फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगको अनुसन्धानमा अधिकृत सुवेदीले सेवाग्राहीविरुद्धको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, तेह्रथुमबाट औषधि व्यवस्था […] The post फार्मेसी अधिकृत सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.