काठमाडौं – मनास्लु पदमार्गमा घाइते भेटिएका पर्यटकको उद्धार गरिएको छ । नेपाल प्रहरीका अनुसार ढुङ्गाले टाउकोमा लागेर गम्भीर घाइते भएका पर्यटकलाई जिल्ला प्रहरी कार्यालय गोरखाका स्वास्थकर्मी र स्थानीय व्यक्तिको सहयोगमा उद्धार गरिएको हो । घाइतेको उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर पुगेको थियो ।
बागलुङ– बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य संस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सूचीकृत स्वास्थ्य संस्थामार्फत सेवा लिएका थिए । सेवा लिएका मध्ये २७ जना २० वर्ष मुनिका रहेको बताइएको छ । आर्थिक वर्ष २०८०–०८१ मा […]
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था समितिका पूर्वसभापति रामहरि खतिवडालाई पितृ शोक परेको छ । उनका पिता जीवनाथ खतिवडाको डिल्लीबजारस्थित निवासमा ७८ वर्षको उमेरमा गए राति निधन भएको हो । दमसम्बन्धी समस्या खेप्दै आएका खतिवडा आइतबार साँझ नियमित खाना खाएर सुतेका थिए । उनको पार्थिव शरीरलाई आज पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको उनका छोरा […]