चार वर्षपछि मुस्ताङको कोरला नाका पुनः व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । चीन सरकारले कोरोना महामारीका कारण २०७६ सालदेखि नाका पूर्ण रूपमा बन्द गरेको थियो । कात्तिक २७ गते सोमबार नाका पुनः सञ्चालनमा आएसँगै मुस्ताङवासीमा उत्साह छाएको छ । नाका सञ्चालनको पहिलो दिन ठुलो सङ्ख्यामा मुस्ताङवासीहरू कोरला पुगेका थिए ।