सोफिया भुजेल बनिन् ‘मिस युनिभर्स नेपाल २०२२’

‘मिस युनिभर्स नेपाल २०२२’ को विजेता सोफिया भुजेल बनेकी छन् । १५ प्रतियोगीलाई पछि पर्दै सोफियाले उपाधि चुमेकी हुन् । विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल भइन् । उनलाई गत बर्षकी मिस युनिभर्स नेपाल विजेता सुजिता बस्नेतले ताज पहिराएकी थिइन् ।  राजधानीको होटल याक एन्ड यतिमा बिहीबार सम्पन्न फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो ।उमङ्ग क्रियसनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगिताका विजेता भुजेलले अन्तराष्ट्रि

सम्बन्धित सामग्री

अमेरिकामा आयोजित मिस युनिभर्सको प्रतियोगितामा सोफियाको ‘देवी अवतार’

काठमाडौँ । अमेरिकाको न्यु ओर्लियन्समा आयोजित मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेकी सोफिया भुजेल ‘देवी’को अवतारमा देखिएकी छिन् ।  ७१ औं संस्करणको मिस युनिभर्समा ‘मिस युनिभर्स नेपाल २०२२’को ताज सहित प्रतियोगितामा सहभागी सोफियाले नेशनल

मिस युनिभर्समा सहभागी हुन सोफिया अमेरिका प्रस्थान

काठमाडौं । मिस युनिभर्स प्रतियोगितामा भाग लिन ‘मिस युनिभर्स नेपाल २०२२’ सोफिया भुजेल अमेरिकातर्फ प्रस्थान गरेकी छन् ।  पेजेन्टकी नेपाल निर्देशक नग्मा श्रेष्ठ लगायतको टिमले उनलाई शनिबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् । अमेरिका प्रस्थान गर्नुअघि सोफियाले ताज जित्न आफू उत्साहित रहेको बताइन् । ‘म आफ्नो उत्कृष्ट प्रस्तुति मिस युनिभर्सको स्टेजमा दिनेछ,’ उनले […]

मिस युनिभर्समा भाग लिन अमेरिका प्रस्थान गरिन् सोफिया

काठमाडौं । मिस युनिभर्स प्रतियोगितामा भाग लिन ‘मिस युनिभर्स नेपाल २०२२’ सोफिया भुजेल अमेरिकातर्फ प्रस्थान गरेकी छन् । पेजेन्टकी नेपाल निर्देशक नग्मा श्रेष्ठ लगायतको टिमले उनलाई शनिबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्‍यो । अमेरिका प्रस्थान गर्नुअघि सोफियाले ताज जित्न आफू उत्साहित रहेको बताइन् । ‘म आफ्नो उत्कृष्ट प्रस्तुति मिस युनिभर्सको स्टेजमा दिनेछ,’ उनले भनिन्, ‘आफ्नो […]

एजी इन्टरनेसनलबाट ब्युटीसियन कमला श्रेष्ठ सम्मानित

काठमाडौं । स्वीडिस कस्मेटिक्स ब्रान्ड ओरस्फ्लेमको आधिकारिक बिक्रेता एजी इन्टरनेसनल प्रालिले ब्युटीसियन कमला श्रेष्ठलाई सम्मान गरेको छ । शनिबार काठमाडौंमा आयोजित सेमिनारमा एड्भान्स ग्रुपका अध्यक्ष अरुण कर्णले श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरे । यस्तै ओरीफ्लेम मिस युनिभर्स नेपाल–२०२२ सोफिया भुजेल तथा रनरअपहरुलाई पनि सम्मान गरिएको थियो । सम्मान ग्रहणपछि ब्युटिसियन श्रेष्ठले यस्ता कार्यक्रमले सौन्दर्य व्यवसायमा […]

ब्युटिसियनहरुलाई ओरिफ्लेमको सम्मान

काठमाडौ । स्वेडेन कस्मेटिक्स ब्राण्ड ओरीफ्लेमको नेपाल स्थित आधिकारिक विक्रेता एजी इन्टरनेशनल प्राइभेट लिमिटेडले सौन्दर्यकला व्यवसायी (ब्युटिसियन)हरुलाई सम्मान गरेको छ । ओरीफ्लेमले सोमबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा चर्चित व्युटिसियन कमला श्रेष्ठलाई एडभान्स ग्रुपका अध्यक्ष अरुण कुमार कर्णले दोसल्ला ओढाएर सम्मान गरेका थिए । यसैगरी कार्यक्रममा ओरीफ्लेम मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल, रनर अपहरु र […]

एनआइयू इलेक्ट्रीकको नयाँ शोरुम भक्तपुरमा

काठमाडौं । एनआइयू इलेक्ट्रीकको नयाँ शोरुमा भक्तपुरमा संचालनमा आएको छ । नेपालका लागि एनआइयू इलेक्ट्रिकको आधिकारिक विक्रेता कम्पनी इको इन्फिनिटीले नयाँ शोरुम भक्तपुरको सूर्यविनायकस्थित घलाटेमा संचालनमा ल्याएको हो । मिस युनिभर्स नेपाल २०२२ की विजेता सोफिया भुजेल र सेकेन्ड रनरअप आस्मा केसीले शोरुमको संयुक्त उद्घाटन गरेका हुन् । बिगत ५ वर्षदेखि इको इन्फिनिटी एनआइयूका इलेक्ट्रीक […]

आफूले देखेको सपना पूरा गर्न कर्म गर्नुपर्छ : मिस युनिभर्स नेपाल सोफिया भुजेल

काठमाडौं । सन् २०२२ को मिस युनिभर्स नेपाल अपाधि जित्न सफल सोफिया भुजेलले आफूले देखेको सपना पूरा गर्न कर्म गर्नुपर्ने बताएकी छन् । ईमेज टेलिभिजनसँग कुराकानी गर्दै उनले यो कुरा बताएकी हुन् । भुजेलले भनिन् –‘मैले देखेको सपना पुरा गर्न मैले कर्म गरे सफल भए, तपाईहरू पनि कर्म गर्नुहोस् सफलता मिल्नेछ ’ । उनले आफ्नो […]

‘दुःखमा भन्दा खुसीमा आँसु झार्न सजिलो रहेछ’

आफूले देखेको सपान पूरा हुँदा कसलाई पो खुसी लाग्दैन र ? त्यसैले सोफिया भुजेल पनि अहिले धेरै खुसी छिन् । उनको सपना एक दिन ‘मिस युनिभर्स नेपाल’को ताज जितेर ‘मिस युनिभर्स’मा पुग्ने थियो । त्यो अहिले पूरा भएको छ ।उनले केही दिनअगाडि राजधानीमा आयोजित ‘मिस युनिभर्स नेपाल’ सौन्दर्य प्रतियोगितामा १८ प्रतियोगीलाई पछि पार्दै ताज जित्न सफल भएकी हुन् । ताजसँगै उनले नगद १० लाख र विभिन्न गिफ्टसमेत हात पारेकी छन् ।अक्सर मानिस आफ्नो सपना पूरा हुँदा  हाँस्छन् । उनी भने ताज