बारा निर्वाचन क्षेत्र नं ३ का संघिय सांसद रामबाबु यादवले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल खरिद प्रक्रियामा मुख्यमन्त्रीको संलग्नता देखिए कारवाहीको भागिदार हुनुपर्ने बताएका छन् । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेश अध्यक्ष तथा प्रभावशाली नेता यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतमाथि पार्टीभित्र र बाहिरबाट भ्रष्टाचार भएको आरोप लागे पनि साइकल खरिद प्रक्रियामा मुख्यमन्त्रीले भूमिका निभाएको टिप्पणी गरेका छन् । बाराक