एजेन्सी । कोलम्बियाको सरकार र यहाँका विद्रोही समूहका बीचमा आगामी महिना शान्ति वार्ता हुने भएको छ । कोलम्बियाको सरकारले यससम्बन्धी शनिबार जानकारी गराएको हो ।सरकारले यहाँका विद्रोही समूह नेशनल लिबरेसन आर्मी (इएलएन) सँग शान्ति वार्ताका लागि पहल गरेको र आगामी महिना नै सो वार्ता हुने भएको सूचना कोलम्बियाली सरकारले दिएको हो ।