सप्तकोशीमा वर्षकै उच्च वहाव भएपछि खतराको संकेत, खोलिए सबै ढोका (भिडिओ)

काठमाडौं । सप्तकोशी नदीमा पानीको वहाव वर्षकै उच्च भएपछि खतराको संकेत रातो झण्डा गाडिएको छ । नदीको बहाव निरन्तर बढ्दो क्रममा रहेसँगै ब्यारेज पुलमा रातो झण्डा गाडिएको हो । पूर्वी पहाडी भेगमा जारी निरन्तरको वर्षासँगै नदीको बहावले आज बिहान उच्च मापन तह पार गरेको थियो । पछिल्लो मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव ४ लाख ८० […]

सम्बन्धित सामग्री

कोसीमा खतराको संकेत, रातो बत्ती बालियो

सप्तकोसी नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ। शनिबार साँझ कोसी ब्यारेजमा तीन लाख ७  हजार ९२५ क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ।

कोसीमा खतराको संकेत, रातो बत्ती बालियो

सप्तकोसी नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ। शनिबार साँझ कोसी ब्यारेजमा तीन लाख ७  हजार ९२५ क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ।

नारायणी नदीमा पानीको बहाव यस वर्षकै उच्च

अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७ : ३० बजे दिएको जानकारीअनुसार नारायणगढ र  देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो । नारायणगढमा बिहान ७ बजे पानीको सतह १० दशमलव ६१ मिटर पुगेको छ ।नौ दशमलव आठ मिटर पुगेपछि सतर्कता तह पार हुन्छ । नारायणगढ क्षेत्रमा बिहान ६ बजे नै पानीको सतह नौ दशमलव आठ मिटर पुगेको थियो । एघार मिटर पुग्नासाथ खतराको संकेत मानिन्छ ।यस्तै देवघाट मापन केन्द्रमा पनि

कोशीले स्पर कटान, ४० घरपरिवार विस्थापित

सुनसरी । चार दिनदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । कोशी पहाडी भेगहरूमा वर्षा अझै नरोकिएकाले नदीको बहाव उच्च हुँदा श्रीलंका टापु र गरैया टापुमा स्पर कटान हुन थालेको छ । यसअघि पनि कोशीले स्पर कटान गरेको थियो । स्थानीय प्रशासनले रोकथामका लागि सामान्य छेकबार लगाए पनि पानीको बहावले भत्काएर पुनः कटान थालेको हो । कोशीले स्पर कटान गर्दै बाढी गाउँ पसेपछि त्यस क्षेत्रका करीब ४० घरपरिवार विस्थापित भएका छन् । नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरीको टोलीले स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्न थालेको छ । नदीले स्पर कटान गरेको सुचना पाएपछि  सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा विशेषज्ञको टोलिले अनुगमन गर्दै  जोखिम क्षेत्रको पहिचान गरी उनीहरूको उद्धारमा सेना परिचालन गरेको हो । कोशी आसपासका क्षेत्रमा बसोवास गर्नेलाई प्रहरीले सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ भने स्पर कटान भएका श्रीलंका टापु र गरैया टापुका स्थानीयलाई उद्धार गरी सुरक्षित ठाउँमा लगिएको छ । नदीले आइतवारदेखि नै गरैया टापुको डिल भत्काउन शुरू गरेको थियो । दिउँसो नदी गाउँ पसेपछि प्रहरीले स्थानीयलाई उद्धार गरेको हो । नदीबाट मानवीय क्षति हुन नदिन कोशी आसपास क्षेत्रमा साइरन सहितको नेपाली सेनाको टोली खटाइएको सुनसरीको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । कोशीले स्पर कटान गरेको क्षेत्रमा रोकथामका लागि प्रयास भइरहेको छ भने नदीले क्षति पु¥याएको क्षेत्रमा स्थानीयको उद्धारका लागि तीनै तहका सुरक्षाकर्मी परिचालन गरिएको ढकालले बताए ।   यसबीच सप्तकोशिमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको वहाव २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेक कन्ट्रोल रूमले बताएको छ । पानीको बहाव उच्च बनेसँगै खतराको संकेत स्वरूप कोशीमा रातो बत्ती बालिएको छ भने जोखिम कम गर्न ३५ ओटा ढोका खोलिएका छन् ।