लेउती खोलाको बाढीले कोशी राजमार्ग बगायो

धनकुटा : अविरल वर्षापछि लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोशी राजमार्ग अन्तरगत धरान–धनकुटा सडक पूर्ण रुपमा अवरुद्ध बनेको छ।लेउती खोलाको बाढीले साँगुरीगढी गाउँपालिका–६ फेदिमा करिब ५० मिटर सडक बगाएको सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईले बताइन्। मंगलवार दिउँसो ४ बजेतिर पानीको बहाव बढेसँगै लेउती खोलाको धार परिवर्तन भई कोशी राजमार्गमा सडकमा पसेको थियो।उनका अनुसार क्षति भएको सडकसम्म जाने स्थिति नै छैन। खोला उर्लिएको छ। बालुवा तथा माटोसहितको बाढी आइरहेको छ। बाटो बगाएपछि अहिल

सम्बन्धित सामग्री

सुक्खा पहिरोले अवरुद्ध उत्तर दक्षिण कोशी राजमार्ग खुल्यो

संखुवासभा । सुक्खा पहिरोले अवरुद्ध उत्तर दक्षिण कोशी सडक अन्तर्गत संखुवासभाको मकालु गाउँपालिकाको खाँदबारी –किमाथाङ्का सडकखण्ड खुलेको छ । शनिबार बिहान मकालु गाउँपालिका –३ हेदाङ्नास्थित नयाँबस्तीमा खसेको सुक्खा पहिरो हटाएपछि सञ्चालनमा आएको हो । उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडक दुई पछि खुलेको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनीयर सविन कोइरालाले जानकारी दिए । उत्तर […] The post सुक्खा पहिरोले अवरुद्ध उत्तर दक्षिण कोशी राजमार्ग खुल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोशी राजमार्ग विस्तार गर्न ७२ र ८० फिट मापदण्डमा नापजाँच

कोशी राजमार्ग धरानको तीनकुनेदेखि जिरोपोइन्टसम्म करिब ५ किलोमिटर ६ लेन बनाउने कि वाइपास गर्ने भन्ने टुंगो नलाग्दै उपमहानगरपालिकाले आइतबार नापजाँच गरेको छ।...

धरानमा कोशी राजमार्ग ४ लेन बनाउन राजनीतिक दलहरुको पहल

कोशी राजमार्ग अन्र्तगतको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना अन्तर्गत धरानको बजार क्षेत्रमा ६ लेन सडक विस्तार गर्न ढिलाई भएपछि राजनीतिक दलहरुले छलफल अघि बढाएका छन्।...

ट्रकले किच्दा एक जनाको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

कोशी राजमार्ग अन्तर्गत इटहरी वडा नं. ४ को हलगढामा शुक्रबार बिहान ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ।...

ठेकेदारको लापरबाहीः विराटनगर जोड्ने पुल निर्माणमा ढिलाई

ठेकेदार कम्पनीको लापरबाहीले कोशी राजमार्ग अन्तर्गत सुनसरी–मोरङको बुढी खोला नदीमा पुल निर्माणमा ढिलाई भएको छ।...

२२ घन्टापछि कोशी राजमार्ग खुल्यो

धनकुटा- लेउती खोलाले बगाएको कोशी राजमार्ग २२ घन्टापछि पुनः संचालन भएको छ । सडक डिभिजन कार्यालय, जिल्ला प्रहरी, ट्राफिक प्रहरी र नेपाली सेनाको सक्रियतामा राजमार्ग अस्थायी रूपमा संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए । उनका अनुसार स्काभेटरले तत्कालका लागि अस्थायी बाटो बनाएको हो । लेउती खोलाको बाढीले मंगलबार दिउँसो ४ […]

कोशी राजमार्ग अवरुद्ध

उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको मकालु गाउँपालिका क्षेत्रको सडक पहिरोले अवरुद्ध भएको छ । मकालु–३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि सङ्खुवासभाको भोटखोला जाने उत्तर दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनीयर गौतमकुमार श्रेष्ठले जानकारी दिए ।अवरुद्ध कोशी राजमार्गको पहिरो हटाउने काम भइरहेको र बिहीबार बिहानसम्म सडक खुल्ने प्रमुख इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । कोशी राजमार्गको पहिरो हटाउन उत्तर दक्षिण सडक कार्यालयलाई निर्देशन दिइसकेको र बिहीबार

पहिरो जाँदा कोशी राजमार्ग अवरुद्ध

इन्द्र गिरी, संखुवासभा । संखुवासभाको धर्मदेवी नगरापलिका–४ छुम्मुङ भीरमा सोमबार बिहान पहिरो जाँदा कोशी राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै गएको पहिरोले कोशी राजमार्गअन्तर्गत वसन्तपुर–चैनपुर–खादबारी सडक खण्डको भीरमा गएको पहिरोले जिल्ला सदरमुकाम खादवारी आउने नाका बन्द भएको हो । पहिरोका कारण यातायातका साधन तथा यात्रु बीच बाटोमै अलपत्र परेको स्थानीय बद्री घिमिरेले बताउनुभयो । […]

दुर्घटनामा एक जनाको मृत्यु

कोशी राजमार्ग अन्तर्गत इटहरी वडा नं. १ आगपाछीमा सोमबार दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।...