उम्मेदवार बनाउँदै उपेक्षामा परेका थिए प्रदेश १ का धेरै महिला नेतृ । प्रदेशसभामा जतिले टिकट पाए अधिकांश पराजित भएका छन् । प्रदेशसभामा जम्मा ७ जना महिला उम्मेदवार थिए । एमाले, माओवादी र एकीकृत समाजवादीले २/२ जना तथा राप्रपाले एक महिलालाई प्रदेशसभामा उम्मेदवार बनाएको थियो । सत्ताधारी दल कांग्रेसले प्रदेशमा एकै महिलालाई पनि उम्मेदवार बनाएन ।