पाँच दिनदेखि नियमित रुपमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुन थाले पनि अझै धेरै स्थानको फोहर उस्तै छ । बाह्र दिनसम्म उठ्न नसकेको फोहोर यही फागुन १२ गतेदेखि विसर्जन हुन थाले पनि अझै सडक किनारमा थुपारिएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्न सकेको छैन । यसको प्रत्यक्ष असर यातायात आवागमनमा र पैदल यात्रीलाई परेको छ । अहिलेसम्म कामपाको कालिमाटी, टंकेश्वर चोक र डल्लु पुलमा थुपारिएको फोहर विसर्जन हुन सकेको छैन । लामो समयसम्म एकै स्थानमा फोहर रहँदा दुर्गन्ध फैलिएर थप समस्या भएको छ । काम