नक्कली मह उत्पादन गरेको आरोपमा काठमाडौं महानगरपालिका–२७ स्थित ज्याठाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई ज्याठा बस्ने ४७ वर्षीय नरेश श्रेष्ठ छन् । ज्याठास्थित उनको कारखानामा छापा मारेर ६ हजार ५ सय लिटर मह बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । उनले भने–‘सरकारी निकायसँग अनुमती नलिइकन गुणस्तरहीन मह उत्पादन गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।’‘स्पर्स’ ब्राण्ड लेखेर महको बट्टा