सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत सुनसरीले गरेको फैसला उच्च अदालत विराटनगरले बदर गरेको छ । उच्च अदालत विराटनगरका कायममुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको फैसला बदर गरेको हो ।