माओवादी केन्द्रले प्रचण्डलाई दियो जनपरिचालनको जिम्मा

काठमाडौँ – नेकपा माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले कोरोना महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको बैठकले जनपरिचालनसँगै बाँकी रहेका संगठनात्क कामहरु टुंग्याउने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको हो। माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले एमसीसीको बारेमा चर्को […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्न माओवादीले दियो प्रचण्डलाई जिम्मा

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवारको चयन गर्ने जिम्मेवारी आजै पुनः अर्को कार्यकालका लागि चयन भएका प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको हो । माओवादी नेता नारायणकाजी श्रेष्ठले पार्टीमा केन्द्रीय कमिटी बाहेक अर्को संयन्त्र तत्काल नभएकाले अध्यक्षलाई नै उम्मेदवार चयनको जिम्मेवारी दिएको बताए । प्रचण्डले आवश्यक परामर्शपछि मंगलबारसम्म ५ उम्मेदवारको टुंगो लगाउने छन् । सोमबार बिहान

माओवादीले समर्थन फिर्ताको निर्णय गर्ने जिम्मा प्रचण्डलाई दियो

नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले समर्थन फिर्ताको निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको नेत्री पम्फा भुसालले जानकारी दिइन् । उनका अनुसार अब प्रचण्डले ओली सरकारलाई दि...