काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महागुरु फाल्गुनन्दद्वारा प्रतिपादित सत्य, अहिंसा, समानता, शिक्षा, श्रम, मितव्ययिता र सदाचारका सिद्धान्तले नेपाली समाजलाई एकताको सूत्रमा गाँसेको बताएका छन् । उपराष्ट्रपति यादवले आज किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै किराँत धर्म, दर्शन, संस्कृति तथा सामाजिक सुधारको एक महत्वपूर्ण ऐतिहासिक दस्तावेजका रूपमा परिचित रहेको बताएका हुन् […]