नाबालिगमाथि करणी गरेको आरोपमा फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न प्रहरी कार्यालय तीनकुने पुर्याइएका निर्देशक सुदर्शन थापा छुटेका छन् ।प्राइम टेलिभिजनमा अन्तरवार्ताका लागि पुगेका थापालाई प्रहरीले सोधपुछका लागि भन्दै शनिबार प्रहरी कार्यालय लगेको थियो । ‘उनी केही बेरअघि छुटेका छन्’ प्रहरी स्रोतले भन्यो ।