लघुबीमा कम्पनीको लाइसेन्स खुला

लघुबीमा कम्पनीको लाइसेन्स खुलेको छ । बीमा समितिले ७ वटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । सात प्रदेशमा एउटा एउटा हुने गरी ३ जीवन र ४ निर्जीवन लघुबीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गर्दै शुक्रबार सूचना प्रकाशित गरेको छ । लघुबीमा कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ हुने बताइएको छ। आगामी ३५ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । सूचनामा उल्लेख गरेअनुसार लघु बीमामा यसअघि नै कुनै बीमा कम्पनीमा प्रतिहिस्सेदारी रहेको भए अर्थात् क्रस होल्डिङ हुने गरी लगानी गर्नेगरी

सम्बन्धित सामग्री

बीमा समितिको एक निर्णयले ३३ आवेदन खारेज, नयाँ फाइल बनाउँदै लगानीकर्ता

बीमा समितिले लघु बीमा कम्पनीको लाइसेन्स खुला गर्ने निर्णयसँगै ३३ आवेदन खारेज भएका छन् । लघुबीमा कम्पनी संचालन गर्नको लागि यसअघि नै आवेदन दिएका ३३ कम्पनीको आवेदन खारेज भएको हो । समितिले जारी गरेको सूचनामा यसअघि दर्ता भएका आवेदन रद्द भएको उल्लेख गरिएको छ । ‘समितिमा यसअघि दर्ता भएका प्रस्तावहरू यसै सूचनाद्वारा रद्द गरिएको छ । उक्त प्रस्तावकहरुले प्रस्ताव पेश गर्न चाहेमा यसै सूचना बमोजिम गर्नुपर्नेछ,’ समितिको सूचनामा उल्लेख छ ।नयाँ प्रक्रियाबाट लाइसेन्स दिन लागिएकोले सबैलाई समान व्य