बीमा समितिले लघु बीमा कम्पनीको लाइसेन्स खुला गर्ने निर्णयसँगै ३३ आवेदन खारेज भएका छन् । लघुबीमा कम्पनी संचालन गर्नको लागि यसअघि नै आवेदन दिएका ३३ कम्पनीको आवेदन खारेज भएको हो । समितिले जारी गरेको सूचनामा यसअघि दर्ता भएका आवेदन रद्द भएको उल्लेख गरिएको छ । ‘समितिमा यसअघि दर्ता भएका प्रस्तावहरू यसै सूचनाद्वारा रद्द गरिएको छ । उक्त प्रस्तावकहरुले प्रस्ताव पेश गर्न चाहेमा यसै सूचना बमोजिम गर्नुपर्नेछ,’ समितिको सूचनामा उल्लेख छ ।नयाँ प्रक्रियाबाट लाइसेन्स दिन लागिएकोले सबैलाई समान व्य