स्थानीय तह निर्वाचन २०७९ को लागि दलहरुले सार्वजनिक गरेको घोषणापत्रमा पुरानै कार्यक्रमले निरन्तरता पाएका छन् । मत माग्नको लागि जनताको घरदैलोमा पुगिरहेका दलहरुले नयाँ कार्यक्रम दिन सकेका छैनन् ।
अर्थमन्त्री प्रकाशशरण महतले आगामी बजेटमा ल्याएको उत्पादनमा आधारित कृषि अनुदान कार्यक्रम नयाँ नभएको बताइएको छ । आगामी बजेटमा ‘उत्पादन साथमा, अनुदान हातमा’ नारासहित उत्पादनका आधारमा कृषकलाई अनुदान वितरण गरिने भनिएको छ । तर, यो विशुद्ध नयाँ कार्यक्रम नभएर अनुदान वितरण गर्ने पुरानो प्रणालीलाई फेरेको मात्र हो । उत्पादनमा आधारित अनुदान भनिएपछि कतिपयले यो नयाँ कार्यक्रम […]
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वन तथा वातावरण क्षेत्रको बजेट बढे पनि सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका छन् । वनलाई समृद्धिको आधार र रोजगारीको माध्यम बनाउन स्पष्ट नीति नभएको भन्दै गुनासो सुनिएको हो । वन तथा वातावरण मन्त्रालयका लागि चालु आवमा १३ अर्ब बजेट विनियोजन भएकोमा आगामी आवका लागि करिब साढे दुई अर्ब बढाएर १५ […]
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार नगर प्रमुख रामकृष्ण खाणले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विगतका अधिकांश कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।नीति तथा कार्यक्रमका कृषिलाई पकेट क्षेत्र बनाउनेदेखि आर्थिकरूपमा कमजोर भएकाहरूलाई नगर प्रमुख नागरिक सहायता कोष खडा गर्नेसम्मका योजना रहेका छन् । यस्तै स्वास्थ्य, शिक्षालाई विशेष जोड दिएको छ । नीति तथा कार्यक्रममा पुँजीगत खर्च बढाउन फागुन मसान्तभित्र सम्झौता गर्ने र जेठ मसान्
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गरेका छन् । चालू आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरता दिँदै स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनलगायतका क्षेत्रमा केही...
२२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विगतका अधिकांश कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार तथा औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राख्दै सरकारले अधिकांश पुरानै […]
गत वर्ष सरकारले ल्याएको बजेटको ७.४५ प्रतिशत स्वास्थ्य क्षेत्रले पाएको थियो । तर यसपटक स्वास्थ्यको भागमा कुल बजेटको ५.७५ प्रतिशत मात्रै परेको छ । नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि कुल बजेटको कम्तीमा १० प्रतिशत हिस्सा स्वास्थ्यमा छुट्याउनु पर्छ भनेर विज्ञहरुले बर्षौदेखि आवाज उठाउँदै आएका छन् । तर, यसपटक पनि स्वास्थ्य क्षेत्र प्राथमिकतामा पर्न सकेन ।
खर्च गर्ने क्षमता ह्रास हुदै गए तापनि बजेट कम दिइएको भन्दै आगामी आर्थिक वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा पुरानै कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।परियोजनाका लागि बजेटको सिलिङ कम भएकाले नयाँ कार्यक्रम नभई पुरानै कार्यक्रमलाई निरन्तरता दिन लागिएको परियोजनाले जनाएको छ । परियोजनाका अनुसार आगामी वर्षका लागि राष्ट्रिय योजना आयोगले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको […]
आगामी आर्थिक वर्षका लागि कृषिमा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिने भने पनि आगामी वर्षका लागि न्यून बजेटको सिलिङ दिएकाले पुरानै कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो । बजेट कम आएकाले आगामी वर्षका लागि नयाँ कार्यक्रम नभई पुरानै कार्यक्रमलाई निरन्तरता दिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जानकारी दिएको छ ।राष्ट्रिय […]