काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ को संक्रमण रोकथामका लागि सरकारले लकडाउन नगर्ने स्पष्ट पारेका छन् । बिहीबार कुरा गर्दै अर्थमन्त्री पौडेलले कोरोनाभाइरसको दोस्रो लहरबाट जोगिनुपर्ने अबस्था आएकोले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर, लकडाउन र सीमानाका बन्द नगरिने स्पष्ट पारेका हुन् ।