कोभिड–१९ प्रभावित व्यावसायलाई दिइएको ८७ करोड ५० लाख कर्जा उठाउन बाँकी

काठमाडौं, माघ ८। बैंकले कोभिड–१९ प्रभावित व्यावसायलाई निरन्तरता दिन दिइएको ८७लाख ५०हजार रुपैयाँ कर्जा उठाउन बाँकी रहेको छ। २०७९मंसिर मसान्तसम्ममा उक्त रकम बक्यौता रहेको नेपाल राष्ट्र बैंकले जनाएको हो। ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि,२०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन,घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यावसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि उक्त कर्जा प्रवाह भएको थियो।

सम्बन्धित सामग्री

१६५ स्टार्टअपलाई १७ करोड कर्जा, बाँकी १५ ले पनि साउनभित्रै पाउने

स्टार्टअप उद्यम कर्जाका लागि छानिएका १ सय ८३ परियोजनामध्ये १ सय ६५ वटाले कर्जा पाएका छन् । ती स्टार्टअप परियोजनाका उद्यमीलाई १७ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरिएको औद्योगिक विकास प्रतिष्ठानले जनाएको छ ।

१६५ स्टार्टअपलाई १७ करोड कर्जा, बाँकी १५ ले पनि साउनभित्रै पाउने

स्टार्टअप उद्यम कर्जाका लागि छानिएका १ सय ८३ परियोजनामध्ये १ सय ६५ वटाले कर्जा पाएका छन् । ती स्टार्टअप परियोजनाका उद्यमीलाई १७ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरिएको औद्योगिक विकास प्रतिष्ठानले जनाएको छ ।

सरकारको सार्वजनिक ऋण २३ खर्ब ९ करोड

काठमाडौ । नेपालको हालसम्मको तिर्न बाँकी ऋण २३ खर्ब ९ करोड ८६ लाख ९६ हजार रुपैयाँ रहेको छ । गत असारसम्ममा २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाख रहेकोमा साउन र भाद्रमा ८८ अर्ब कर्जा वढेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सरकारको बाह्य र आन्तरिक […] The post सरकारको सार्वजनिक ऋण २३ खर्ब ९ करोड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सहुलियत ब्याजको कर्जा कार्यक्रम पुन: शुरू

काठमाडौं। नेपाल राष्ट्र बैंकले ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा कार्यक्रम पुन: शुरू गरेको छ । सरकारले ब्याज अनुदान दिन छोडेपछि गत पुसमा रोकिएको कार्यक्रमलाई राष्ट्र बैंकले जेठदेखि निरन्तरता दिएको हो । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार जेठमा १ अर्ब ८७ करोड रुपैयाँ बराबरको ६४४ ओटा कर्जा स्वीकृत भएको छ । बैंक, वित्तीय संस्थाले जेठसम्म १ लाख ४७ हजार ५१० ऋणीलाई २ खर्ब ५८ अर्ब ३४ करोड रुपैयाँ लगानी गरेका छन् । त्यसमध्ये २ खर्ब ३ अर्ब १० करोड रुपैयाँ असुली गर्न बाँकी छ ।  वैशाखसम्म १ लाख ४६ हजार ८६६ ऋणीले सहुलियतपूर्ण कर्जा लिएका थिए । त्यसमा २ खर्ब ५६ अर्ब ४७ करोड रुपैयाँ लगानी भएको थियो । सोमध्ये २ खर्ब ३ अर्ब २४ करोड रुपैयाँ असुल गर्न बाँकी थियो ।  केही वस्तुको आयातमा प्रतिबन्ध र आर्थिक गतिविधिमा संकुचनले राजस्व संकलन घटेसँगै सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज भुक्तानी रोकेपछि केन्द्रीय बैंकले पनि गत पुसदेखि कर्जा स्वीकृति अनौपचारिक रूपमा रोकेको थियो । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले सहुलियत कर्जा कार्यक्रम केही समय स्थगित गरिएको बताएका थिए ।  सरकारले चालू आर्थिक वर्ष (आव) को बजेटमा कर्जाको प्रभावकारिता अध्ययनका आधारमा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यक्रमलाई पुन: संरचना गरिने घोषणा गरेको छ । यस्तै गत आवमा ब्याज अनुदानका लागि १३ अर्ब ५९ करोड रुपैयाँ छुट्ट्याएकोमा चालू वर्षका लागि २ अर्ब घटाएर ११ अर्ब ५९ करोड रुपैयाँ मात्र छुट्ट्याएको छ ।  पछिल्लो समय सहुलियत ब्याजको कर्जा वृद्धि भए पनि यसको प्रभावकारिता नदेखिएको तथा पहुँचवालाले यसको दुरुपयोग गरेको भन्दै आलोचना भइरहेको छ । राष्ट्र बैंकले पनि सहुलियत कर्जाको प्रभावकारिताबारे अध्ययन गरिरहेको छ । राष्ट्र बैंकको अध्ययन प्रतिवेदनका आधारमा सहुलियत कर्जा कार्यक्रमलाई पुनरवलोकन गर्ने सरकारको तयारी छ ।  सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधिअनुसार बैंकहरूले व्यावसायिक कृषि तथा पशुपन्छीपालन, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवाको परियोजना, महिला उद्यम, दलित व्यवसाय विकास, उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा, भूकम्पपीडित निजी आवास निर्माण, कपडा उद्योग, प्राविधिक तथा व्यावसायिक र युवा स्वरोजगार गरी १० क्षेत्रमा कर्जा प्रदान गर्दै आएका छन् । सहुलियत कर्जामा बैंकहरूले आफ्नो आधारदरमा अधिकतम २ प्रतिशत विन्दुले थप गरी ब्याजदर निर्धारण गर्न पाउँछन् । त्यसमध्ये महिला उद्यमशीलता कर्जामा ६ प्रतिशत र अन्य कर्जामा ५ प्रतिशत अनुदान दिने व्यवस्था छ । ५ करोड रुपैयाँभन्दा बढीको व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा २ प्रतिशतमात्र ब्याज अनुदान छ ।  सहुलियतपूर्ण कर्जा कार्यक्रममध्ये सबैभन्दा बढी आकर्षण महिला उद्यमशील कर्जामा देखिएको छ । जेठसम्म सहुलियत कर्जा लिने महिला उद्यमीको संख्या ८३ हजार ४५५ पुगेको छ । उनीहरूलाई ८७ अर्ब ९८ करोड ९० लाख रुपैयाँ ऋण प्रवाह भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

बैंक खाता जनसंख्या भन्दा धेरै

हालसम्म खोलिएका ३ करोड ९४ लाख खातामध्ये ३ करोड ७० लाख हाराहारी निक्षेप हुन् भने बाँकी कर्जा खाता हुन्। यो तथ्यांकले सरकारले सबै नागरिकका लागि बैंक खाता खोल्ने लक्ष्य पूरा भएको देखिन्छ।...

सहुलियतपूर्ण कर्जाको १ खर्ब ६१ अर्ब बक्यौता बाँकी

नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा शीर्षकमा १ खर्ब ६१ अर्ब माथिको कर्जा प्रवाह भएको जनाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा यस्तो कर्जाको बक्यौता १६१ अर्ब ४४ करोड रहेको बैंकले जनाएको हो । ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ अनुसार कोभिड प्रभावित होटल तथा पर्यटन, घरेलु साना तथा मझौला उद्योग लगायतका प्रभावित क्षेत्रसँगै विविध ७ शीर्षकमा सहुलियतपूर्ण व्यवसायिक कर्जा कार्यक्रम ल्याएको सरकारले समीक्षा अवधिमा १६१ अर्ब माथिको कर्जा प्रवाह भएको जनाएको

मिदिम खोला- १ जलविद्युत आयोजना निर्माण हुने, लक्ष्मी बैंकले कर्जा लगानी गर्ने

गण्डकी प्रदेशको लमजुङ जिल्लाको कव्होला सोथार र मर्स्याङ्दी गाँउपालिका अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंक लिले कर्जा लगानी गर्ने भएको छ । हालैमात्र बैंकले जलविद्युत निर्माण कम्पनी माउन्ट रसुवा हाइड्रोपावर प्रा.लिसँग कर्जा लगानीको सहमति गरेको हो । कुल लागत २ अर्ब ९३ करोड ८२ लाख रहेको छ । उक्त आयोजनामा बैंकले लागतको ७० प्रतिशत लगानी गर्ने सहमति गरेको छ भने बाँकी रहेको ३० प्रतिशत निर्माण कम्पनी आफैले व्यहोर्ने सम्झौता