प्युठान - पौडी खेल्ने क्रममा प्युठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुमबहादुर थापाकी सात वर्षीया छोरी शर्मिला थापा मगर रहेका जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।
हिजाे दिउँसाे ३ बजे पौडी खेल्ने क्रममा दुवै बालिका नदीमा बगेको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार दुवै जना बाख्रा चराउन गएका थिए । ...