कान्तिपुर दैनिकमा बुधबार प्रकाशित ‘पूर्वलडाकुलाई उपचार खर्च जुटाउनै धौधौ’ भन्ने समाचारमा लेखिएका दुवै मिर्गौला फेल भएर उपचार खर्चको अभावमा छटपटाइरहेका ताप्लेजुङका सागर लिम्बू प्रतिनिधि पात्र मात्र हुन् । अन्य सन्दर्भका कुरा छाडेर माओवादी द्वन्द्वमा लागेकाको मात्रै कुरा गर्ने हो भने पनि सागरजस्ता हजारौँ पात्रले यस्तै नियति भोगिरहनुपरेको छ ।