सल्यान : सुक्खा पहिरो जाँदा राप्ती लोकमार्गअन्तर्गत सल्यान–दाङ सडकखण्ड अवरूद्ध भएको छ। सडक निर्माणको क्रममा मंगलबार राति सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै झरेको पहिरोले स्काभेटर पुरिएपछि राजमार्ग अवरुद्ध भएको हो।सडक निर्माण गर्दैगर्दा सुक्खा पहिरो आएर स्काभेटर पुरिएको छ। पहिरो पन्छाएर सञ्चालनमा ल्याउन बुधवार दिनभर लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी सुमित खड्काले बताए। पुरिएको स्काभेटर निकाल्न दाङबाट अर्को स्काभेटर आउँदै गरेको उनले बताए। पुरिएको स्काभेटर नि