दाङ–सल्यान सडक खण्डको राप्ती लोकमार्ग अवरुद्ध

अविरल वर्षापछि आएको पहिरोले राप्ती लोकमार्ग अवरुद्ध भएको छ । सडक माथिबाट ठूलो ढुङ्गासँगै पहिरो आएपछि दाङ–सल्यान सडकखण्ड अन्तर्गतको राप्ती राजमार्ग मङ्गलबार साँझदेखि अवरुद्ध भएको हो । कपुरकोट गाउँपालिका ३ दसरेमा सडकमाथिबाट आएको पहिरोले सडक पुरिदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द भएको छ । उहाँका अनुसार निरन्तर वर्षा भैरहेको र सडकमा पहिरो खस्ने क्रम नरोकिएकाले सडक सञ्चालनमा समस्या भएको छ ।