गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्यको ३ पदमा हुने निर्वाचनका लागि नेकपा एमाले र काँग्रेससहितका गठबन्धन दलहरुले उम्मेदवारी टुंगो लगाएका छन् । एमालेले खुलामा कास्कीका पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । त्यसैगरी महिला कोटामा नवलपुरकी लीला थनेतलाई उमेदवार बनाएको छ भने दलित कोटामा स्याङजाका अर्जुनकुमार सोनाम उमेदवार बनेका छन् । त्यसैगरी गण्डकीमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी लगायतका गठबन्धन दलका तर्फबाट साझा उम्मेदवार चयन गरिएको छ । गठबन्धनका तर्फबाट साझा उमेदवा