तनहुँमा कृषि र पशुपालन घट्न थालेपछि गण्डकी प्रदेश सरकारले यसलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘बाँझो जमिनमा घाँस खेती प्रवर्धन कार्यक्रम’ अगाडि बढाइएको छ।...
डुम्रे (तनहुँ), २८ मङ्सिर । तनहुँमा कृषि र पशुपालन घट्न थालेपछि गण्डकी प्रदेश सरकारले यसलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘बाँझो जमिनमा घाँसखेती प्रवर्द्धन कार्यक्रम’ अगाडि बढाइएको छ । खेतीयोग्य जमिन बाँझिन थालेपछि यस्ता जमिनको उपयोग गर्दै आयआर्जनसँग जोड्न लागिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख राजेशकुमार चौधरीले बताए। चौधरीका अनुसार प्रदेश सरकारले बाँझो जमिनलाई उपयोगमा […]
गोरखा– बाँझो जमिनमा घाँसखेती गर्न चाहने किसान वा कृषि समूहलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराइने भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले चालु आर्थिक वर्षमा जिल्लाभित्र तीन वर्षदेखि बाँझो रहेको जमिनमा भुइँ घाँस तथा डाले घाँसखेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउन लागिएको केन्द्रका निमित्त प्रमुख डा. शर्मिला कुमालले जानकारी दिइन् । कार्यालयले […]
सल्यान : धेरै युवायुवती रोजगारीका लागि विदेश पलायन हुँदा ग्रामीण भेगमा बालबालिका र वृद्धवृद्धा मात्र छन्। सक्रिय जनशक्ति नहुँदा खेतीयोग्य जमिन बाँझो बस्न थालेका छन्। वषौंदेखि खेतीपाती हुँदै आइरहेका बारीमा आजभोलि खर पलाएको छ। खेती गर्ने जनशक्ति अभाव हुँदा सल्यान शारदा नगरपालिका–५ रानिकोटमा बाँझो जमिनमा सामूहिक घाँस खेती थालनी गरिएको छ। रानीकोटका २५ परिवारले झण्डै पाँच सय रोपनी बाँझो जमिनमा सामूहिक रूपमा घाँस लगाएका छन्। व्यावसायिक र र्दीघकालीन सोचका साथ घ