लिदी पहिरो : मृत्यु हुने १८ पुगे, अझै २१ जना बेपत्ता

लिदी पहिरोमा मृत्यु हुनेको संख्या १८ पुगेको छ । शनिबार थप सात शव फेला परेपछि मृतकको संख्या बढेको हो । पहिरोमा अझै २१ स्थानीय हराइरहेका छन् ।

सम्बन्धित सामग्री

इन्डोनेसियामा पहिरो जाँदा एक जनाको मृत्यु, नौ बेपत्ता

इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गाउँमा आइतबार पहिरो जाँदा एक जनाको मृत्यु हुनुका साथै बालबालीकासहित नौ जना बेपत्ता भएको स्थानीय अधिकारीले सोमबार बताएका छन्। पश्चिम बान्दुङ रिजन्सीको सिबेन्डा गाउँमा आइतबार करिब दुई घन्टासम्म भारी वर्षा भएपछि पहिरो जाँदा उक्त दुखद् घटना भएको स्रोतले जनाएको छ। पश्चिम बान्दुङका कार्यवाहक रिजेन्ट अर्सन लतिफले पहिरोमा नौ जना गाउँलेहरू पुरिएको […]

रुकुम पश्चिममा पहिरो खस्दा दुईको मृत्यु

रुकुम पश्चिम : रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो। पहिरोमा परी एक जना घाइते भएका छन्। आइतबार दिउँसो पौने ३ बजेतिर घाँस काट्न गएका बाँफिकोट गाउँपालिका–७ की ५४ वर्षीया धनमाया खत्री र सोही ठाँउका ४४ वर्षीय कालिबहादुर खड्काको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्राईले जानकारी दिए। उनीहरूको घटनास्थलमै मृत्य

चन्द्रागिरिमा पहिरो, एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ मा रहेको ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

डोल्पामा डोजरमाथि पहिरो खस्यो, चालकको मृत्यु

डोल्पामा डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटर चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ राझा मोहोनपुर बस्ने वर्ष ३२ को सुरज बसाल मगर रहेका छन् ।  प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ८ बजेतिर त्रिपुरा सुन्दरी नगरपालिका वडा नं. ३ जिऊ भन्ने स्थानमा बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो खसेको थियो ।  पहिरोले स्काभेटर पुरिँदा चालक सुरजको मृत्यु भएको हो । अहिले प्रहरी त्यहाँ उद्दार कार्यमा खटिएको छ ।

पहिरो गएको ठाउँबाट लडेर एक जनाको मृत्यु

खोटाङ- खोटाङमा हप्ता दिनअघि पहिरो गएको ठाउँबाट लडेर एक जनाको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी माझगाउँमा गत २१ साउनको राती पहिरो गएपछि बनेको भीरबाट खसेर सोही ठाउँका ४७ वर्षीय भोजकुमार राईको शनिबार मृत्यु भएको हो ।  भीरबाट करिब डेढ सय मिटर तल खसेका राईको घटनास्थलमै मृत्यु भएको स्थानीय जनकल्याण आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष […]

जुम्लामा सुख्खा पहिरो खस्दा दुई जना बालकको मृत्यु

जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सुख्खा पहिरो खस्दा दुई जना बालकको मृत्यु भएको छ । घरको जग लगाउँदै गरेको समयमा एक्कासी भीरबाट खसेको सुख्खा पहिरोले च्यापेर दुई जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । तिला गाउँपालिका–२ डुन्डेलीमा रणबहादुर बोहोराको घरको जग खन्दै गरेको अवस्थामा सुख्खा पहिरो खस्दा ३ वर्षीय बालक शिशीर बोहोरा र हिमीश […]

काभ्रेको ढुंगाखानीमा सुक्खा पहिरो, एक जनाको मृत्यु

काठमाडौँ – काभ्रेको ढुंगाखानीमा सुक्खा पहिरो जाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाएते भएका छन्। मृत्यु हुनेमा रामेछाप दोरम्बा सैलुङ गाउँपालिका–४ घर भई भक्तपुर ठिमी बस्दै आएका अन्दाजी ३० वर्षीय श्याम मगर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरि खतिवडाले बताएका छन्। उनका अनुसार मृतक […]

ब्राजिलमा पहिरो तथा भलबाढीका कारण कम्तीमा ९४ जनाको मृत्यु

ब्राजिलमा पहिरो तथा भलबाढीका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ। ब्राजिलको पेत्रोपोलिसमा पहिरो तथा भलबाढीले ठूलो क्षति गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रियो दी जेनेरियोको उत्तरी क्षेत्रको पहाडी इलाकामा पर्ने पेत्रोपोलिस बजार पहिरोका कारण प्रभावित भएको छ। मुसलधारे वर्षाका कारण सो क्षेत्रमा पहिरो तथा भलबाढी आएको स्थानीय अधिकारीले बताएका छन्। […]

कास्कीमा एम्बुलेन्समाथि पहिरो खस्यो, एक महिलाको मृत्यु

कास्कीमा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा एकजना महिलाको मृत्यु भएको छ । मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको हो  ।  मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ । प्रहरीकाअनुसार एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् । खहरे खोलामा लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेपछि चालक भागे