काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मतका लागि प्रतिनिधि सभा बैठकमा मत विभाजन प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्री देउवाले विश्वासको मत मागेपछि र त्यसमाथिको छलफलमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सम्बोधन गरेपछि मत विभाजन प्रक्रिया सुरु भएको हो ।
देउवालाई गठबन्धन र जसपाको महन्थ ठाकुरले पनि मत दिने भएपछि एमालेको माधव नेपाल समूहको समर्थनबिनै बहुमत पुग्ने निश्चित भएको छ । २ सय ७१ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि कम्तीमा १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसको...