प्रदेश नं १ को बजेट अधिवेशन बैठक स्थगित

काठमाडौं। प्रदेश नं१ को आठौँ तथा बजेट अधिवेशनको १५औँ बैठक आज पनि स्थगित भएको छ। निर्धारित समयभन्दा१५ मिनेट ढिलो गरी शुरु भएको बैठकमा प्रतिपक्ष नेकपा माओवादी केन्द्र समर्थक सांसदले उभिएर विरोध जनाएपछि बैठक स्थगित गरिएको हो। सभामुख प्रदीपकुमार भण्डारीले पटकपटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि प्रतिपक्ष सांसदले नमानेपछि प्रदेशसभाको अर्को बैठक असार २०गते दिउँसो१ बजेसम्मका लागि स्थगित गरिएको हो।

सम्बन्धित सामग्री

प्रदेश नं १ को पहाडी भू–भागमा बदली

काठमाडौँ – प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १ कै हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको […]

प्रदेश नं १ को नाम किराँत राख्न माग

काठमाडौँ – किराँत राई यायोक्खाले प्रदेश नं १ को नाम किराँत प्रदेश राख्न माग गरेको छ। यायोक्खाको ११ औँ महाधिवेशनको बन्द सत्रले प्रदेश नं १ को नाम किराँत राख्न निर्णायक आन्दोलन गर्ने निर्णय गरेको महासचिव भीम राईले राससलाई जानकारी दिए। महाधिवेशनमा किराँत जातिको भाषा, संस्कृति, संस्कार र लिपिका विषयमा पनि छलफल भएको थियो । महाधिवेशनले […]

प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुन्छ :  ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हुन् । अध्यक्ष ओलीले भने, ‘कोसीले पुरानो सभ्यता र परम्परा बोकेका छ । यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । जातजातिपछि आएका हुन् । जा

महिला क्रिकेट : प्रदेश नं १ विजयी

ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपअन्तर्गत आज भएको आफ्नो अन्तिम खेलमा प्रदेश नं १ ले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै जीत हासिल गरेको छ ।     कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नं १ ले ललितपुर मेयर्स ११ लाई २२ रनले पराजित पराजित गर्दै विजयी भएको हो । प्रदेश नं १ यसअघि नै फाइनल यात्राबाट बाहिरिइसकेको थियो । खेलमा १२० रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्स १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै मात्र ९७ रनमा समेटियो ।

प्रदेश नं १ मा सङ्क्रमण दर घट्दै

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २६८ जनामा कोरोना सङ्क्रमण भएको छ। सोही अवधिमा १९९ महिलासहित ४२६ कोरोना सङ्क्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।...

प्रदेश नं १ मा ११ जनामा कोरोना सङ्क्रमण

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयका अनुसार २३० जनाको पिसिआर परीक्षण गर्दा झापामा पाँच, मोरङमा चार र इलाममा दुई जनामा सङ्क्रमण देखिएको छ ।मन्त्रालयका अनुसार झापाको दमक र बाह्रदशीमा दुई÷दुई र शिवसताक्षीमा एक, मोरङको उर्लाबारी, लेटाङ, केराबारी र रतुवामाईमा एक÷एक, इलामको चुलाचुली र माईजोगमाईमा एक÷एकजनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आज  आठ महिलासहित १५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भन

प्रदेश नं १ र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

हाल  नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।शुक्रबार देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।शनिबार  देशका प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देख

प्रदेश नं १ को बजेट अधिवेशन आह्वान

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले  प्रदेश नं १ प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशन यही जेठ २४ गते दिनको २ बजे का लागि आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा–१८३ को उपधारा १ बमोजिम जेठ २४ गते सोमबार दिनको दुई बजे अधिवेशन आह्वान गएको कार्यालयका सूचना अधिकारी विमल पौडेलले जानकारी दिए । प्रदेश सरकार मन्त्रिपरिषद्को जेठ २० गतेको सिफरिसअनुसार वैठकको आह्वान गरिएको हो ।