काठमाडौं : काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्टट्रयाक) निर्माणको काम समयमै सम्पन्न हुनेगरी अघि बढाउन सरकारको ध्यानाकर्षण गराइने भएको छ।राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले उक्त जानकारी दिएका हुन्।मंगलबार बसेको बैठकमा समितिले स्थलगत अनुगमन गर्दा ११ किलोमिटर फास्टट्रयाक खोल्न बाँकी रहेको र पुलको काम सुरु नभएको बताउँदै सम्बद्ध निकायसँग छलफल गर्न सरकारलाई निर्देशन दिएको छ।आ.व. २०८०।८१ सम्म काम सम्पन्न हुनेमा आशंका देखिएको समि