काठमाडौं : उपत्यकाको फोहोर चोकचोक र सडकमा थुप्रिने घटना कुनै नौलो होइन। फोहोरमैला व्यवस्थापनमा डम्पिङ साइट बेलाबेलामा बन्द हुँदा या समस्या आउँदा फोहोर उठाउन कठिन हुने गरेको छ।आइतबार विश्व वातावरण दिवस मनाइरहँदा वातावरणलाई नै चुनौती दिने फोहोरले काठमाडौं उपत्यकावासी सडक र शहरबजारमा नाक थुनेर हिँड्न बाध्य भएका छन्।काठमाडौंका मुख्य चोकचोकमा विगत १० दिनेदेखि नै फोहोर उठाउन नसक्दा फोहोर ब्यवस्थापन गरेर मनाइने वातावरण दिवसमा पनि ठाउँ ठाउँमा थुप्रिएको फोहोरलाई टुलुटुलु हेरेर बस्न बाध्य हुनुपर