ज्योति विकास बैंकले सुरु गर्‍यो ओम्नी च्यानल, मोबाइल एप र वेबसाइटबाट अब सबै डिजिटल बैंकिङ सेवा

ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप वा वेब ब्राउजरबाटै प्रदान गर्ने गरी ज्योति स्मार्ट जेबीबीएल डटकम डट एनपी वेबसाइट सञ्चालनमा ल्याएको हो ।  बैंकले मंसिर ५ गते देखि डिजिटल बैंकिङ सेवालाई थप प्रबद्र्धन गर्दै बैंकमा खाता भएका एवम् नभएका ग्राहकलाई समेत...

सम्बन्धित सामग्री

ज्योति विकास बैंक–क्यान सहकार्य

काठमाडौं (अस) । ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) बीच देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवद्र्धनका लागि सहकार्य सम्झौता भएको छ । दुई संस्थाले संयुक्त रूपमा देशका विभिन्न ठाउँमा डिजिटल सेवा र सूचना प्रविधिको प्रवद्र्धन, तालिम एवं सेवा विस्तार तथा कार्यान्वयनका लागि कार्यक्रम सञ्चालनमा ल्याउनेछन् । सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल र क्यानका उपाध्यक्ष रञ्जितकुमार पोदरले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकले क्यानमा आबद्ध व्यवसायी तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विशेष छुटमा प्रोफेसनल लोन, १५ लाख रुपैयाँसम्मको बिनाधितो सहुलियतपूर्ण कर्जा, साना तथा मझौला कर्जा प्रदान गर्नेछ । क्यानअन्तर्गतका व्यवसायीलाई डिजिटल बैंकिङ सेवा उपलब्ध गराउनेछ । बैंकले हाल १०५ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

ज्योति विकास बैंक र रेबान बीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सम्झौता

असार २१, काठमाडौं । ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसिएसन नेपाल (रेबान) बीच सहकार्यको लागि सम्झौता भएको छ । रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्ष बीच सम्झौता भएको हो ।  आइतवार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र नेपाल रेष्टुरेण्ट तथा बार एशोसिएसन नेपालका तर्फबाट रेबानका अध्यक्ष अरनिको राजभण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।   सम्झौता अनुसार बैंकले रेबानमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छूटमा प्रोफेसनल लोन र १५ लाख रुपैयाँ सम्मको बीना धितो सहुलियतपूर्ण कर्जा प्रदान गर्ने भएको छ । सम्झौता पश्चात् ज्योति विकास बैंकले रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई सहज वित्तिय सेवा प्रदान गर्नुका साथै रेबान अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागू गर्न पनि सहयोग गर्ने बताइएको छ ।