बर्दियामा ८ वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका छन् । बहुविवाह मुद्दाका फरार प्रतिवादी बर्दिया गुलरिया नगरपालिका ५ बस्ने मेहदी हसन धोबीलाई शुक्रबार पक्राउ गरेको हो ।धोबीविरुद्ध बर्दिया जिल्ला अदालतले २०६९ साल फागुन ३० गते बहुविवाह मुद्दामा १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो ।अदालतको सो निर्णय लगत्तै फरार रहेका उनलाई जिल्ला प्रहरीका कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका ७ बाट पक्राउ गरिएको प्रहरी निरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिए ।