रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उज्वेकिस्तानमा भेटवार्ता भएको छ ।
भेटमा युक्रेन मामिलाबारे मुख्य छलफल भएको र यसमा बेइजिङले सन्तुलित अडान लिएको भन्दै पुटिनले प्रशंसा समेत गर्नुभएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि पुटिन र चिनियाँ समकक्षीबीच पहिलोपटक प्रत्यक्ष रूपमा उज्वेकिस्तानको समरकन्दमा भेट भएको हो ।
चिनियाँ राष्ट्रपति सीले चीनले ‘ठूला शक्तिका रूपमा’ रुससँग सहकार्य गर्न खोजेको बताउनुभएको बीबीसीले जनाएको छ । चीनले युक्रेनमा रुसले गरेको आक्रमणको खुलेर समर्थन गर...
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध नहुने बताएका छन् । मंगलबार साँझ जर्मनीमा एक सम्बोधनका क्रममा प्रधानमन्त्री जोनसनले सो कुरा बताएका हुन् । ‘यदि पुटिन एउटी महिला भएको भए युक्रेन युद्ध हुने थिएन, मलाई लाग्दैन कि उनले आफूले जस्तो पागल, आक्रमण र हिंसाको युद्ध सुरु गर्ने थिए ।’ युक्रेनमा पुटिनको आक्रमण ‘विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण’ भएको पनि उनले बताए । ‘मस्कोसँग शान्ति वार्ता सम्भव भए
रसियाका राष्ट्रपति भ्लादमीर पुटिन यही हप्ता मध्य एसियाका दुई देशको भ्रमणमा जाने भएका छन्। रसियाले युक्रेनका दुई विद्रोही राज्यलाई स्वतन्त्र घोषणा गरेपछि सुरु भएको युद्ध जारी रहँदा पहिलोपटक पुटिन देशबाहिर निस्कन लागेका हुन्।
पुटिनको स्वास्थ्य अवस्थाबारे विभिन्न टिकाटिप्पणी भइरहँदा उनले दुई साना पूर्व सोभियत राज्यहरूको भ्रमण गर्न लागेका हुन्।…
राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएका छन् । उनी पहिला अप्रिल २६ मा रुस जाने र २८ मा युक्रेन जाने तय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनलाई दुबै देशमा राष्ट्रपतिले स्वागत गर्ने जनाइएको छ ।रुसमा गएका बेला उनले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेश मन्त्री सेर्गेइ लाभ्रोभलाई भेटेर युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्ने भएका छन् । महासचिव गुटेर्रेसका सहायक प्रवक्ता एरि कानेकोले दुवै जनासँग वार्ताका लागि उनी मस्को जान लागेको पुष्टि गरेका छ
काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन आक्रमणका कारण रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘भित्तामा पुगेको’ टिप्पणी गरेका छन् । ह्वाइट हाउसमा साइबर सुरक्षाका विषयमा भएको गोलमेच बैठकपछि आयोजित कार्यक्रममा उनले युक्रेन आक्रमणका कारण भित्तामा पुगेपछि पुटिनले युक्रेनमा घातक हतियारको प्रयोग बढाइरहेको समेत बताए । रुसले हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको पुष्टि समेत गरे । पुटिनतर्फ लक्षित गर्दै […]
काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आक्रमणकारी भएको बताएका छन्। पुटिनले युद्ध रोजेको र अब पुटिन र उनको देशले गम्भीर परिणाम भोग्ने बाइडेनको चेतावनी छ।युक्रेन माथि रुसले गरेको आक्रमणको कडा निन्दा गर्दै बाइडेन भने, ‘रुसले युक्रेनमा छिट्टै आक्रमण गर्नेछ भन्ने आशंका पहिले नै थियो।’ उनले रुसमाथि थप कडा प्रतिबन्ध लगाइने पनि बताए।बाइडेनले विश्वका अधिकांश देश रुसविरुद्धमा रहेको बताए। उनले यो युद्धबाट अमेरिका पनि प्रभावित हुन सक्ने बताए।&n
एजेन्सी, १ फागुन। रुस युक्रेन तनाव भैरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन वार्ता गरेका छन् । युद्ध हुन नदिन दुई नेताबीच हिजो (शनिबार) करिब १ घण्टा टेलिफोनमा कुराकानी भएको ह्वाइट हाउसले जनाएको छ। कुराकानीमा अमेरिकी राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे वाशिङ्टन र यसका सहयोगीले ‘निर्णायक’ जवाफ दिने बताएको […]
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युक्रेन युद्धमा तानिरहेको आरोप लगाएका छन् । पछिल्लो केही हप्तादेखि युक्रेनलाई लिएर उत्पन्न तनावका सम्बन्धमा पुटिनले पहिलो टिप्पणी गरेका हुन् । रुसमाथि थप प्रतिबन्ध लगाउनका लागि अमेरिकाले युद्ध चाहेको आरोप उनको छ । अमेरिकाले युरोपमा नेटो गठबन्धनका सैनिकको उपस्थितिलाई लिएर आफूहरुको चासो बेवास्ता गरेको आरोप पनि पुटिनले लगाएका […]
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले फोनमा कुराकानी गरेका छन् ।
यस कुराकानीलाई अर्थपूर्ण रूपमा हेरिएको छ किनकि दुवै देश फरक फरक मोर्चामा गतिरोध सामना गरिरहेका छन् ।
युक्रेन नेटोको सदस्य बन्न लागेको भन्दै रुसले युक्रेन सीमा नजिक एक लाख सैनिक तैनाथ गरेको छ । टर्कीले युक्रेनलाई हतियार बेचेको भनेर रुस रिसाएको पनि छ ।
त्यो हतियार युक्रेनले पूर्वी क्षेत्रका रुससमर्थित पृथक्तावादीहरूमाथि आक्रमणका लागि उपयोग गर्न सक्ने डर रुसलाई छ । टर्की नेटोको सदस्य पनि हो र उक्त स...