युक्रेनले युरोपेली संघ (ईयु)को सदस्य बनाउन अनुरोध गरेको छ। युरोपेली क्षेत्रमा रहेको देश भएर पनि अहिलेसम्म ईयुको सदस्य नभएको युक्रेनले रुसको आक्रमणमा परेपछि संघको सदस्य बनाउन अनुरोध गरेको हो।युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले तत्काल संघको सदस्य बनाउन अनुरोध गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। ‘अहिले हामी संकटपूर्ण अवस्थामा छौँ। यसबारे धेरै छलफल र बहस नगरौँ,’ उनले भने‚ ‘युरोपेली संघले युक्रेनलाई जतिसक्दो चाँडो आफ्नो सदस्य बनाओस्।’ जेलेन्स्कील