काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान कार्य अघि बढाउन निर्देशन दिनुभएकाे छ । आज (शुक्रबार) बिहान उहाँले गृहमन्त्री बालकृष्ण खाँणलाई यस्तो निर्देशन दिनुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले ईमेज खबरलाई जानकारी दिनुभएकाे हाे। मिटरब्याजी रामदेव तेलीले सप्तरीका विपन्न नागरिकलाई चर्को व्याजमा ऋण दिएर शोषण गरेको समाचार सार्वजनिक भएको थियाे ।