बझाङ - बझाङका सबै सरकारी विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थीहरुलाई दालभात खुवाइन्छ । विश्व खाद्य कार्यक्रम अन्तर्गत जिल्लाभरका ४ सय ३९ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिउँसो दाल, भात र तरकारी खुवाउन थालिएकाे हाे ।
विद्यालयमा दिउँसाे दालभात खुवाउन थालेपछि प्रारम्भिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुको सङ्ख्या बढेकाे छ । कालीका निमावि दाँतोलाका प्रधानाध्यापक लोकनाथ जोसी विशेषत गरिब विपन्न परिवारका बालबालिकाका लागि याे कार्यक्रम निक्कै प्रभावकारी भएकाे बताउनुहुन्छ ।&nbs...