प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको नेतृत्व आलोपालो गर्ने समयबारे सहमति सार्वजनिक भएको छैन । फागुन २१ मा चार दलबीच लिखित सहमतिमा ‘सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गर्ने’ मात्र उल्लेख छ ।