मकवानपुरको कैलाश गाउँपालिका जिल्लाको सबैभन्दा विकट गाउँपालिकामध्येको एक हो । स्थानीय तहको दोस्रो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित लोकबहादुर मुक्तान स्थानीय तहको सङ्घ र प्रदेश सरकारले अधिकार कटौती गर्दा सङ्घीयता कमजोर हुने बताउनुहुन्छ । स्थानीय तहको दोस्रो निर्वाचनपछि कैलाश गाउँपालिकाले बनाएका योजना, सुशासन र समस्यालगायतका विषयमा अध्यक्ष मुक्तानसँग गोरखापत्रका राममणि दाहालले गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ ।