कोरोना महामारीसँग जुध्न बागलुङका दश स्थानीय तह एक जुट भएका छन् । स्थानीय तहले संयुक्त रुपमा रु. ५५ लाखको कोरोना कोष स्थापना गरेका छन् । सोमबार बसेको जिल्लाका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको वैठकबाट जिल्लाका सबै पालिकाले संयुक्त रुपमा सङ्कटसंग जुध्न कोष स्थापना गरेका हुन् ।
कोषमा बागलुङ नगरपालिकाले रु. १० लाख र र अन्य पालिकाले रु. पाँच लाखका दरले जम्मा गर्ने निर्णय भएको हो । पालिकाले संयुक्त रुपमा स्वास्थ्य सामाग्री व्यवस्थापन, जनशक्ति व्यवस्थापन र शव व्यवस्थापन लगायतका कोरोनासं...