काठमाडौँ — बहस गर्ने पोडियमको दायाँतिरबाट इजलासतर्फ फर्केर बस्ने महान्यायाधिवक्ता अग्नि खरेलको सोमबारदेखि बहस गर्ने पालो थियो ।
प्रतिनिधिसभा विघटनको निर्णय सही हो भनी सरकारको निर्णयको प्रतिरक्षा गर्न उनी सोमबार सुनुवाइ सुरु हुनासाथ पोडियममा उभिए । ‘मास्क लगाएपछिको फाइदा’ उनले अनौपचारिक रूपमा सुरु गर्दै भने, ‘अनुहार देख्न पर्दैन, कति जोडतोडका साथ बहस गर्यो भन्ने आवाजबाटै थाहा हुन्छ ।’
प्रतिनिधिसभा विघटनको विरोधमा १३ दिनको सुनुवाइका क्रममा कैयौं कानुन व्यवसायीहरूबाट व्यंग्य र आलो...