काठमाडौं: सभामुख अग्नि प्रसाद सापकोटाले पछिल्लो राजनीतिक अवस्थाबारे पूर्व सभामुखहरुसँग परामर्श गरेका छन्।
सरकारले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि राजनीतिक संकट समाधानका विकल्पबारेमा सभामुखले परामर्श सुरु गरेका हुन्। उनले मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा पूर्व सभामुखहरुसग परामर्श गरे।
छलफलमा सहभागी पूर्वसभामुखहरुले सरकारले जनताको प्रतिनिधित्व गर्ने सर्वोच्च…