पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त पञ्जाबका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि गम्भीर आरोप लगाएका छन् । तरारले खान लागू औषध दुर्व्यसनी भएको आरोप लगाएका हुन् ।उनले भने, ‘इमरान खान सुरुदेखि दुर्व्यसनी हुन् । सरकारलाई थाहा छ कि उनको भव्य घर बनीगालामा लागू औषध कसले पुर्याउँछ । चरेस र कोकिन बिना इमरान दुई घण्टा पनि बस्न सक्दैनन् ।’इमरानमाथि लागू औषध प्रयोग गरेको आरोप लागेको यो पहिलोपटक भने होइन । यसअघि सन् २०२० मा पाकिस्तानका पूर्व तीव्र गतिका बलर सरफराज नवाजले सा