काठमाडौँ – लेखक तथा उपन्यासकार लीलबहादुर क्षेत्री पद्मश्री पुरस्कारबाट सम्मानित भएका छन्। भारतको नयाँ दिल्लीस्थित राष्ट्रपति भवन कार्यालयमा सोमबार एक कार्यक्रमबीच उनलाई राष्ट्रपति रामनाथ कोबिन्दले उक्त पुरस्कारबाट सम्मान गरेका हुन्। क्षेत्रीले ‘बसाइँ’ र ‘ब्रम्हपुत्रका छेउछाउ’ लगायत उपन्यास धेरै चर्चित छन्।