बल्खु प्रदर्शनपछि संवैधानिक राजसंस्था र हिन्दुसापेक्ष देश बनाउनुपर्ने पक्षधरहरूको एक जना नेताको रूपमा प्रसाईं स्थापित भएको कतिपयको बुझाइ छ । हुन पनि उनले प्रदशर्नमा हजारौँ मानिसलाई उतारे । उनीहरू संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी हुन् । प्रदर्शनलगत्तै हौसिँदै राजतन्त्र र हिन्दु राष्ट्र पक्षधरहरूले ठहर्याए नै- ‘गणतन्त्रको जग हल्लियो, ढल्न बाँकी छ ।’