काठमाण्डाै – राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आज शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ भन्ने कुरामा दुई मत नभएको भन्दै भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्न नहुने बताउनुभयो । नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्ने उहाँकाे भनाइ छ । उहाँले विदेशी महिला ने...