टोकियो ओलम्पिकः सबैभन्दा आशा गरिएकी गौरिकाले आज खेल्ने

काठमाडौं। टोकियो ओलम्पिकबाट सबैभन्दा बढी आशा गरिएकी गौरिका सिंहले आज आफ्नो चुनौती पेस गर्नेछिन्। १३औं सागमा कीर्तिमानी चार स्वर्ण पदक जितेकी गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन्। गौरिकाको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुनेछ। यस स्पर्धामा गौरिकाकै नाममा राष्ट्रिय कीर्तिमान छ। पौडीकै एलेक्जेन्डर शाहले मंगलबार पुरुषको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए पनि हिट चरण पार गर्न सकेनन्।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः विश्व नम्बर एक बार्टी पहिलो चरणमै हारिन्

एजेन्सी। विश्व नम्बर एक एश बार्टी टोकियो ओलम्पिकमा महिला टेनिसको पहिलो चरणबाटै बाहिरिएकी छन्। अष्ट्रेलियाकी बार्टी स्पेनकी सारा सोर्रिबेस टोर्मोसँग ६–४, ६–३ को सोझो सेटमा हारेकी हुन्। २५ वर्षीया बार्टीले लन्डनमा विम्बल्डन टेनिसको उपाधि जितेर टोकियो गएकी थिइन्। २०१९ मा फ्रेन्स ओपनको उपाधि जितेकी बार्टीबाट अष्ट्रेलियाले स्वर्ण पदकको आशा गरेको थियो।