मोरङ- कोशी प्रदेशको बजेट मुख्यमन्त्री तथा मन्त्रीकेन्द्रित नल्याउन नेपाली कांग्रेस प्रदेशसभा सदस्य इन्दिरा थापाले बताएकी छन्। बुधबार विराटनगरस्थित प्रदेशसभाको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य थापाले प्रदेशको बजेट जनसंख्या, भूगोल, आवश्यकताको सिद्धान्तअनुरूप ल्याउनुपर्ने सुझाव दिइन्। दुई पटक अध्यादेशबाट बजेट आएको बताउँदै थापाले प्रदेशको बजेट जनमुखी र जनतालाई महसुस गराउन सक्ने हिसाबले सरकारले ल्याउन उपयुक्त हुने बताइन्। […]
धनुषा – मधेस प्रदेशसभा सदस्यहरूले आगामी आर्थिक वर्षको बजेट जनपक्षीय बनाउन लाग्नुपर्नेमा जोड दिएका छन् । प्रदेशसभाको आजको बैठकको विशेष समयमा बोल्ने अधिकांश सदस्यले बजेट निर्माणको प्रारम्भिक चरणदेखि नै जनताको आवाज प्रतिविम्बित हुने गरी विधि र प्रक्रिया निर्धारण गर्न सभामुखमार्फत सरकारलाई निर्देश गर्नुपर्ने बताए । बैठकमा प्रदेशसभा सदस्य रामसरोज यादवले उत्पादन र सामाजिक न्यायविना संविधान […]
कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट मनोमानी ढङ्गले बिनियोजन गरेको आरोप लगाउनुभएको छ । प्रदेशसभाको बुधबारको बैठकमा मन्त्रालयले आफूखुसी बजेट विनियोजन गरेको भन्दै उहाँहरुले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य सुरेश अधिकारीले आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले मुख्यमन्त्री राजकुमार शर्मालाई समेत जानकारी नदिएर बजेट आफ्नो क्षेत्रमा बिनियोजन गरेको आरोप …
जनकपुरधाम – मधेस प्रदेशको प्रदेशसभा बैठक आह्वान गरिएको छ। असार १ गते बजेट ल्याएपछि अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभा बैठक आगामी २० गते सोमबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए। अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेपछि सभामुख सरोज यादवले प्रदेशसभा बैठक अनिश्चितकालका लागि […]
बागमती प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरुले बजेट पुनर्लेखन गर्न माग गरेका छन् । मंगलबार प्रदेशसभा बैठकमा उनीहरुले प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको औचित्य नभएको भन्दै पुनर्लेखन गर्न माग गरेका हुन् । नीति तथा कार्यक्रममा सरकारलाई दिएको सुझावलाई समावेश गरी समग्र प्रदेशको अवस्था मध्यनजर गरेर बजेट पुनर्लेखन गर्न उनीहरुले सरकारसँग माग गरेका हुन् ।आगामी आर्थिक वर्षको बजेट अन्तर्गत विषयगत मन्त्रालयका शीर्षकहरु माथि छलफल गर्न बसेको आज
बागमती प्रदेशको चालु वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बागमती प्रदेशसभाको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधन दर्ता भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए । यसैगरी, उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक यसअघि नै दर्ता भएका छन् । प्रदेशको चालु वर्षको नीति, कार्यक्रम तथा बजेट पा
प्रदेश नम्बर २ प्रदेशसभा बैठक अवरुद्ध भएको छ । आइतबार बसेको छैठौं अधिवेशनको १३ औँ बैठक नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले अवरुद्ध गरेका हुन् । आर्थिक वर्ष ०७८/०७९ को बजेट मन्त्रीमुखी भएको भन्दै उनीहरुले बैठक अवरुद्ध गरेका हुन् ।बैठक सुरु भएलगत्तै प्रदेशसभा सांसद सुन्दरबहादुर विश्वकर्माले प्रदेश सरकारको बजेट विगतका जिल्ला विकास समितिले वितरण गर्ने खालको समेत नरहेको बताए । विश्वकर्माले प्रदेश सरकारले प्रस्तुत गरेको बजेट सरकारको नभई कुनै पालिका वा निर्वाचन क्षेत्
बजेट पास नहुने देखिएपछि बागमती प्रदेशसभाको बैठक सारिएको छ । आइतबार बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक ३ बजेका लागि सारिएको हो । सत्तारुढ दल एमालेकै माधव नेपाल समूहले बजेट पास गर्न असमर्थ रहेको जनाएपछि प्रदेशसभाको बैठक ३ बजेका लागि सारिएको जनाइएको छ । प्रदेशसभा सचिवालयले भने प्राविधिक समस्याका कारण ३ बजेका लागि सारिएको जनाएको छ ।सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले आवश्यक छलफलका लागि प्रदेशसभा बैठक स्थगित गरिएको बताए । ‘केही विवादहरु स
काठमाडौं । प्रदेश–१ को प्रदेशसभा बैठक दैनिक अवरुद्ध भएपछि बजेट अधिवेशन लम्बिने भएको छ । नेकपा माओवादी केन्द्रले प्रदेशसभा अवरुद्ध गर्दै आएको छ । भौतिक पूर्वाधार विकासमन्त्रीले संसद दिएको अभिव्यक्ति अमर्यादित रहेकाले माफी माग्नुपर्ने, एमालेले प्रदेशसभामा पेश भई छलफलमा रहेको बजेट पुनर्लेखनको अभ्यास गरिरहेको आरोप लगाउँदै माओवादी केन्द्रले बैठक अवरुद्ध पार्दै आएको हो । यता […]
प्रदेश २ मा प्रदेशसभा सदस्यहरुसँग समन्वय नै नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलबाट प्रदेशसभा बैठक अवरुद्ध भएको छ । बैठक अवरुद्ध भएपछि एक घन्टाका लागि प्रदेशसभा बैठक स्थगित गरिएको सभामुख सरोज कुमार यादवले जनाएका छन् ।प्रदेशसभा बैठक सुरु हुनासाथ विपक्षी दलका प्रदेशसभा सदस्यहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका हुुन् । विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका प्रदेशसभा सदस्यहरु प्रदेशसभा बैठ